समाचार

सुुशासन र समृद्धिका लागि सूचनाको हक

अहिले सुुशासन र समृद्धिको बहस सबैतिर छाएको छ। अब राजनीतिक लडाईं सकिएकाले सुशासन र समृद्धिको बहस महत्वपूर्ण भएको भनिएको छ। हुुन पनि हो, राणाशासन अन्त्यका लागि सुुरु भएको प्रणालीको राजनीतिक संघर्ष झन्डै सत्तरी वर्षपछि टुुंगिएको छ। अब प्रणालीको विवाद मुुलुुकले धान्न सक्ने अवस्था पनि छैन। त्यसैले अबको बाटो सुुशासन र समृद्धि नै हुुनुुपर्छ। वर्तमान सरकारले पनि सुुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएको छ। भ्रष्टाचार न्यूनीकरण, शासन प्रणालीको पारदर्शिता र जनताप्रतिको जवाफदेहिता, सेवाग्राही जनताप्रतिको न्याय र उनीहरूसम्म चुुस्त सेवाप्रवाहको पहुुँंच यी… पुरा पढौ

सूचनाको हक र पारदर्शीता

लोकतन्त्रमा पारदर्शिता कायम गर्न र भ्रष्टचाररोकथाम गर्न सुचनाको हक महत्वपुर्ण औजार हो भन्नेकथनलाई पुष्टि गदै सार्बजनिक निकायको सूचना प्रवाह गर्नेसम्बन्धमा निर्वाह गर्नुपर्ने दायित्व l सूचनाको हक भन्नाले सार्वजनिक निकायमा रहेको सार्वजनिकमहत्वको सूचना माग्ने,पाउने,अध्ययन गर्ने,अवलोकन गर्ने,निरिक्षणगर्ने र जुन स्वरुपमा छ त्यही रुपमा प्राप्त गर्नेअधिकार हो।त्यसैगरि सार्बजनिक निकाय भन्नाले संबिधान,ऐन नियमबमोजिम गठन भएको निकाय,समिती,प्रतिस्ठान,संस्था,दर्ता भएका राजनितिक दल र सामाजिक संघसस्था समेत पर्दछन।यसैगरी सार्वजनिक महत्वको सूचना भन्नालेसर्बसाधरणको चासो र सरोकार भएको सार्बजनिक निकायको निर्णय कामकारवारी र सामग्री भन्ने बुझिन्छ।लोकन्त्रलाई सुदृढ गर्न,सार्वजनिक निकायलाई जिम्बेवारगराउन,स्वच्छेताराताको… पुरा पढौ

सूचनाको हक : नागरिक निगरानी र हस्तक्षेप

अपवादबाहेकका राजनीतिक दलले आजका मितिसम्म आफ्नो कार्यालयमा सूचना अधिकारी नतोकेर तथा तोकेकाले पनि प्रत्येक तीन महिनामा गर्नुपर्ने स्वतः प्रकाशन नगरेर सूचनाको हकको आधारभूत कानुनी मान्यताको धज्जी उडाएका छन् । सामान्यतः राज्यको प्रवृत्ति नागरिकलाई प्रश्न सोध्न बन्देज लगाउने हुन्छ । त्यसका लागि अनेकौं कानुन/नियम बनाएर नागरिकलाई बाँधेको हुन्छ । परम्परागत रूपमा नागरिकलाई ‘दास’ या ‘रैती’भन्दा माथि उठ्न नदिने राज्यको चरित्र रहँदै आएको छ । विश्वमा विभिन्न कालखण्डमा यिनै ‘दास’ वा ‘रैती’ ले नागरिक बन्नका लागि विभिन्न प्रकारका आन्दोलन गर्दै आए ।… पुरा पढौ

टोखाको चाकु उद्योगमा कामदारहरुलाई भ्याइनभ्याई

माघेसंक्रान्ति नजिकिँदै जाँदा टोखामा रहेको चाकु उद्योगमा कामदारहरुलाई भ्याइनभ्याई छ । करिब ५० बर्ष पुरानो यो उद्योग काशीलाल श्रेष्ठले सञ्चालन गरेका हुन् । ‘मंसिर लागेदेखि नै माग बढ्न थाल्छ,’ काशीलाल भन्छन्, ‘पुस महिनाभरी माघेसंक्रान्ति सम्म हामीलाई खाना खाने पनि फुर्सद हुन्न ।’ अरु बेला परिवारकै सदस्यहरुले काम गर्दा भ्याउने भए पनि मंसिर-पुसमा १२-१५ जना कामदार लगाउने गरिएको छ । यहाँ चाकुका विभिन्न आइटमहरु उपलब्ध छन् । सादा चाकु बाहेक खुवा चाकु (खुवा हालेर बनाएको), स्पेसल चाकु (बदाम, किसमिस लगायत मसला… पुरा पढौ

सिमकार्ड रिसाइकल नगर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा प्रदायकहरुले ‘रिसाइकल’ गरेर सोही नम्बरको सिमकार्ड अर्को व्यक्तिलाई वितरण गर्ने गरेका छन् । बिक्री वितरण भएर लगातार ६ महिनासम्म प्रयोग नआएको सिमकार्ड सम्बन्धित व्यक्तिको नामबाट हटाएर अर्को व्यक्तिको नाममा जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो… पुरा पढौ

आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मिति २०७९।०९।१८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मिति २०७९।०९।१८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ ।  पुरा पढौ

कर्मचारीतन्त्रका विकल्पहरु

जगदिश प्रसाद जोशी, प्रमुख प्रशासकीय अधिकृत, मेलौली नगरपालिका- बैतडी कर्मचारीतन्त्र राज्य शक्तिको वैधानिक परिचालन तथा प्रयोग गर्ने संवैधानिक संयन्त्र हो । जनताबाट निर्वाचित प्रतिनिधिलाई सार्वजनिक नीति तथा कानूनको तर्जुमामा प्राविधिक सहयोग गर्ने देखी लिएर त्यसको सार्वजनिक हितमा कार्यान्वयन गर्ने, प्राप्त लाभ तथा उपलब्धिको न्यायपुर्ण ढंगबाट जनतासमक्ष पुर्याउने जिम्मेवारी कर्मचारीतन्त्रको हो । जनप्रतिनिधिबाट स्वीकृत राजश्वको दायराका आधारमा संकलन गर्ने र त्यसको जनहितमा खर्च गर्ने अख्तियारी कर्मचारीतन्त्रले नै प्रदान गरिएको हुन्छ । जनताको नजिक रहेर सेवा प्रवाह र विकास व्यवस्थापन गर्ने, जनताहरुलाई… पुरा पढौ

सार्वजनिक कोषको सदुपयोग सदाचार र नैतिकता

केदारप्रसाद खतिवडा, शाखा अधिकृत प्रश्न  : सार्वजनिक कोषको सदुपयोगमा सदाचारको प्रत्याभूति किन सार्वजनिक प्रशासनको महत्वपूर्ण अंश हो ? विद्यमान नेपालको कानुनी संरचनाको आधारमा उदाहरण सहित व्याख्या गर्नुहोस् । उत्तर : ‘शान्ति, विकास, सुशासन र समृद्धिका लागी सार्वजनिक कोषको सदुपयोग’ सार्वजनिक कोषको सदुपयोग सार्वजनिक हितको लागी खर्च गर्ने उद्देश्यले स्थापित कोष जसमा राज्यको स्वामित्व र नियन्त्रण रहेको हुन्छ त्यसलाई सार्वजनिक कोष भनिन्छ । सार्वजनिक अख्तियारीमार्फत मात्र खर्च हुने यस्ता कोषबाट हुने प्रत्येक खर्च स्विकृतिपछि मात्र परिचालन हुने गर्दछ। हो, यस्तो सार्वजनिक… पुरा पढौ

सार्वजनिक वित्त व्यवस्थापन, यसका क्षेत्र र उद्धेश्य

काठमाडौं । लोक सेवा आयोगले कायम गरेको निष्पक्षताले जनतामा यसप्रतिको विश्वास बढाएको छ । त्यसैले यसले लिने परीक्षाप्रति आकर्षण बढ्दो छ । परीक्षामा राम्रो नतिजा हासिल गरी निजामती सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही अवस्थालाई मध्यनजर गरी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सुमन खड्काले सार्वजनिक वित्त व्यवस्थापन, यसका क्षेत्र र उद्धेश्यबारे समाधान सुझाउनुभएको छ । सार्वजनिक वित्त व्यवस्थापन सरकारको आय, व्यय… पुरा पढौ