दुइ वटा कन्स्ट्रक्सनका प्रोप्राइटर लाइ भ्रस्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ । फर्महरुसँग मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी अन्य ठेक्काको अवसर दिने, सम्झौता…
पुरा पढौ
सबै विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालिकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ । महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागमा पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो ।…
पुरा पढौ
सूचनाको हकको सान्दर्भिकता
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ ले अभिव्यक्ति र सूचनाको अधिकारलाई नैसर्गिक अधिकार मानेको छ । नेपालको वर्तमान संविधानको धारा २७ मा सूचना हकको व्यवस्था गरिएको छ । सूचनाको हकसम्बन्धी संवैधानिक व्यवस्थाको अभ्यास, प्रचलन र नियमनका लागि मुलुकमा सूचना हकसम्बन्धी ऐन, २०६४ र सूचना हकसम्बन्धी नियमावली, २०६५ जारी गरी लागू भएका छन् । कुनै सूचना प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई सम्बन्धित सूचना अधिकारीसमक्ष निवेदन दिनुपर्छ । सूचना दिलाई पाऊँ भनी कुनै नेपाली नागरिकको निवेदन प्राप्त भएपछि…
पुरा पढौ
सूचनाको हक र सूचना प्रविधिको भूमिका
नागरिक अधिकारको संरक्षण र सम्बद्र्धन गर्नु राज्यको मुख्य दायित्व हो । राज्यले संविधान तथा अन्य विभिन्न कानुनहरुको माध्यमबाट नागरिकहरुको लागि विभिन्न हक तथा अधिकारको प्रत्याभूत गर्दछ । नेपालको सन्दर्भमा हेर्ने हो भने आधारभूत अधिकारका रूपमा संविधानमै व्यवस्था गरी मौलिकहकको सुनिश्चितता गरेको पाइन्छ । विभिन्न अधिकारहरुमध्ये सूचनाको हकको रूपमा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हकको व्यवस्था नेपालको वर्तमान संविधानको धारा २७ व्यवस्था गरिएको छ । नेपालको सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २…
पुरा पढौ
तीनवटा पिल्लर खाने राक्षस समुहलाई कारबाहीको प्रयास
जिल्ला कालिकोट, पलाँता गाउँपालिका वडा नं. १ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेतले विद्यालयको भवन निर्माण सम्झौताबमोजिम काम नगरी विनियोजित रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा जिल्ला कालिकोट, पलाँता गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. १ स्थित श्री कालिका माध्यमिक विद्यालयमा आ.व. २०७४/०७५ मा बहुवर्षीय विद्यालय भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालय कालिकोट र कालिका माध्यमिक विद्यालय निर्माण सहयोग समिति/विद्यालय व्यवस्थापन समितिबिच मिति २ तले ४ कोठे फर्निचरसहितको भवन निर्माण कार्य मिति २०७५ जेष्ठ मसान्तसम्ममा कार्य सम्पन्न गर्ने गरी…
पुरा पढौ
तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा कानुनी सचेतना तथा सूचनाको हक सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
महिला समानताका लागि संचार अभियानद्दारा संचालित रेडियो मुक्ति ९५.५ बुटवलको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को सहयोगमा स्थानीय युवा महिलाहरुको लागि कानुनी सचेतना तथा सूचनाको हक सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । कार्यक्रम दुई दिन सम्म चलेको थियो । कार्यक्रमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले कानुन बारे जान्ने बुझ्ने अधिकार सबैलाई भएकाले कानुन कै अनविज्ञताले पछाडी पर्न नहुने उहाँको भनाइ रहेको थियो । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का…
पुरा पढौ
घुस का मास्टर माइन्ड वडा अध्यक्ष बचे, पक्राउ परे बिचौलिया
जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने ध्रुव बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशन बमोजिम घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले घुस/ रिसवतमा संलग्न विचौलिया ध्रुव बहादुर कडायतलाई सेवाग्राहीबाट नगद रु.२,००,०००/- (दुई लाख रुपैयाँ) र निजको नाममा काटिएको रु.दुई लाखको चेक थान एक गरी जम्मा रु. चार लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त…
पुरा पढौ
सूचनाको हक र सामाजिक सम्बन्धको पुनर्व्याख्या आवश्यक
सूचनाको हकको वैधानिक रूपमा प्रयोग भएको युग युग भएको छ । जुन तरिकाले सूचनाको हकको प्रयोगको अभ्यास भइरहेको छ, त्यसको प्रयोग प्रक्रिया त संसारभर त्यही हो तर जुन उद्देश्य पूरा होस् भनेर सूचनाको हकलाई मौलिक हकको सम्मान दिइएको हो त्यो कति पूरा भयो भनेर आफैँले आफैँलाई सोध्ने बेला भएको छ । हामी कहाँ चुक्यौँ ? हामीले सूचना मागेपछि मात्र दिइने कुरा होइन, यो त सम्बन्धित पक्षले वा सार्वजनिक सेवाको जिम्मा लिएकाले स्वतः जानकारी दिनु जरुरी छ । जनताको आवश्यकता भनेको…
पुरा पढौ
जिल्ला प्रशासन कार्यालयमै सूचनाको हक उल्लंघन
सूचनाको हक सम्बन्धि ऐन २०६४ ले आफ्नो वा सार्बजनिक सरोकारको बिषय माग्ने र पाउने हकको ग्यारेन्टी गरेको छ सो कानुन अनुसार सूचना माग गर्दा लेखिने निबेदनमा पनि टिकट टाँस गर्नुपर्दैन भने पाउँदा पनि १० पृष्ठ सम्मको पैसा तिर्नुपर्दैन तर जिल्ला प्रशासन कार्यालय कन्चनपुरले यो कानुनको ठाडै उल्लंघन गरेको आरोप सूचना अभियन्ता शारदा भुसाल झाले लगाउनुहुन्छ जिल्ला प्रशासन कार्यालय कंचनपुरले किन एक प्रति प्रमाणित प्रतिलिपि मा ५ रुपैयाको टिकट टाँस गर्न लगाएको भनि जिल्ला प्रशासनका सूचना अधिकारी उद्दब सिंह कार्की लाइ…
पुरा पढौ