सूचनाले गरेकाे खुलासा, हल्दिबारी गाउँपालिकासंग छैन आफ्नाे क्षेत्र भित्र सञ्चालित सहकारीकाे विवरण
झापाको हल्दिबारी गाउँपालिका भित्र रहेका सहकारीको विवरण गाउँपालिकाको सहकारी शाखासँग नभएको खुलेको छ ।गाउँपालिकाको क्षेत्रधिकार भित्र रहेका सवै सहकारीलाई नियमन र सुचिकृत नगरेको तथ्य खुलेको हो ।पछिल्लो समय सहकारी मार्फत सदस्यहरू ठगिएको, आफ्नो बचतहरू समेत फिर्ता माग्दा सहकारी संस्थाले फिर्ता गर्न आनाकानी गरेको र फिर्ता गर्न नसकिरहेको समाचार बेला मौकामा आउने गरेका छन् । गाउँपालिका कार्यालयमा सूचना अभियानता तथा जागाैं नेपालका प्रबास सह-संयाेजक सुदिप गिरीले सबै सहकारी संस्थाहरूको विवरणको सूचना माग गरेपछि यो तथ्य खुलेको गिरीले बताए । गाउँपालिकाले दिएको…
पुरा पढौ
रकम हराएपछी वडा सचिव सहित लाइ भ्रस्टाचार मुद्दा
जिल्ला नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नं. ०२ को वडा कार्यालयबाट मिति २०७७।१२।२४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएको घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैङ्कबाट लिएर आएको र कार्यालयमा निज सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रको रोहवरमा उक्त रकम राखिएको, दराजको सेफको चाँबी सरिता राउत र रामकुमार…
पुरा पढौ
प्र.ना.नि. हरि खड्काकाे शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकाे सावित ।
महानगरीय प्रहरी गण नं. २, मा दरवन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आइ.ए.को प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आइ.ए.को) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर वहाल रही मिति २०५९।०९।१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफूसमेतलाई लाभ…
पुरा पढौ
मिलेमताेमा सवा अरव राजस्व चुहावट गर्नेलाइ कारवाही
खानी तथा भूगर्भ विभागबाट मिति २०७६।०२।१४ गते तत्कालीन उपमहानिर्देशक (हाल महानिर्देशक) राम प्रसाद घिमिरेको नेतृत्वमा गठित ३ सदस्यीय समिति (पहिलो) ले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको उल्लेख गरी मिति २०७६।०३।३१ मा पेश गरेको प्रतिवेदनमा रु.१ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति (राजस्व) उठाउनु पर्ने गरी कारबाहीको सिफारिस गरेकोमा सिमेन्ट/चुनढुङ्गा कम्पनीहरुबाट लिनु पर्ने क्षतिपूर्ति नलिई मिति २०७७।०२।१५ गते सु.मा.ई. जयराज घिमिरेको संयोजकत्वमा गठित समिति (दोश्रो) को प्रतिवेदन…
पुरा पढौ
खाेपमा भ्रस्टाचार गर्नेलाइ कारवाही
जिल्ला महोत्तरी, महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साहले नि:शुल्क रुपमा कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिनु पर्नेमा सो नगरी सेवाग्राहीसँग खोप लगाउन रु.२०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा महोत्तरी…
पुरा पढौ
चार वटा प्रदेश मा RTI Audit को लागि प्रस्ताब आव्हान । पूरा सूचना हेर्नुहोस
सूचना आयोग ले गन्डकी प्रदेश,मधेश प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी प्रदेश मा RTI Audit को लागि प्रस्ताब आव्हान गरेको छ । आयोग को सूचना हेर्नुहोस माघ ४ गते प्रकाशित सूचनाको म्याद १९ गते सम्म रहेको छ । येस्ले सुशासन मा सहयोग पुग्ने र rti को लागि प्रदेश हरुले बजेट ब्यबस्थापन गर्ने अनुमान गरिएको छ ।
पुरा पढौ
माग गरेको सूचना प्राइभेट बैंक हरुले समयमै उपलब्ध गराउने गरेका छन
सूचनाको हक डट कम का संचालक सूचना अभियन्ता दीपक आचार्यले अहिले सहकारी स्थानिय बोर्डिङ्ग र सरकारी बिध्यालय र पालिका हरुमा सूचनाको हक को अबस्था सम्बन्धी अध्यन गर्न र सूचना लिने दिने बानिको बिकास गराउन साथै सूचना अधिकारी पनि नभएको स्थान मा सूचना अधिकारिको ब्यबस्था गराउन अभियान शुरु गर्नुभएको छ । सो अभियान अन्तर्गत माग गरिएका सूचनामा बैंक हरुले छिटो रेस्पोन्स गर्ने गरेको र सूचना उपलब्ध गराएको उहांको अनुभव रहेको छ । स्थानिय पालिका हरुले विभिन्न बहानामा सूचना नदिने यो देश…
पुरा पढौ