सूचना दिन गृह मन्त्रालयलाइ सूचना आयोगको आदेश
सूचना नदिने गृहमन्त्रालयको सचिवलाई सूचना दिन राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ । पत्रकार बालकृष्ण अधिकारीले आयोगमा दिएको पुनरावेदन माथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय रत्नप्रसाद मैनाली र कमला ओली थापाको बिहीवार बसेको संयुक्त इजलासले उक्त आदेश दिएको हो । ADVERTISMENT पत्रकार अधिकारीले संगठित अपराध ऐन, २०७० को दफा १२ को प्रावधान बमोजिम नेपाल सरकारले २०७४ चैत २० गते गरेको निर्णय अनुसार ३३ किलो सुन लगायतको विषयमा गठित विशेष अनुसन्धान टोलीको प्रतिवेदन माग गरेका थिए । सूचना मागकर्ताले मागेको…
पुरा पढौ
माघे संक्रान्ति, र ढुङ्गेसाँघु जात्रा ।
माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ। यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश…
पुरा पढौ
माघी पर्वका अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गरेका छन् । माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । उनले भनेका छन्, ‘यस दिनलाई भिन्न समुदायले आआफ्नै तरिकाले मनाउने गर्नुभएको छ । थारु, मगर र छन्त्याल समुदायका लागि माघे संक्रान्ति अर्थात्…
पुरा पढौ
प्रभावकारी बन्दै विद्युतीय हस्ताक्षर प्रणाली
नेपालमा पछिल्लो सयम विद्युतीय कागजातलाई संग्रहीत गर्ने एवम् ईमेलमा विद्युतीय हस्ताक्षरको प्रयोग प्रविधि प्रभावकारी बन्दै गएको छ ।वातावरणमैत्री, सुरक्षित तथा कम खर्चमा छिटोछरितो कार्य सम्पादन गर्न सकिने नविनतम प्रविधिले सरकारी, गैरसरकारी एवम्् निजी संस्था बिच पत्र आदानप्रदानको कानूनी मान्यता प्राप्त गरेसंगै विद्युतीय हस्ताक्षर प्रभावकारी बनेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रमाणीकरण नियन्त्रकको कार्यालय, सूचना प्रविधि विभाग, नेपाल उड्डयन प्राधिकरण, आन्तरिक राजश्व विभागमा यो प्राणली लागु गरिसकिएको छ । त्यस्तै निजामति किताबखाना, लोक सेवा आयोग, काठमाडौ महानगरपालिका, कर्मचारी संचयकोष लगायतका कार्यालयले…
पुरा पढौ
भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङ लाई भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर
स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाई दिन्छु भनी घुस/रिसवत लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्याङ्जा, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले नागरिकता बनाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु.१,३५,०००।–घुस/रिसवतको रकम माग गरी लिएको पुष्टि हुन आई निज भिम बहादुर गुरङ र कुल बहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो रु.…
पुरा पढौ
नेपाल बिद्युत प्राधिकरणका पहाडि घुस रकमसहित नियन्त्रणमा
नेपाल बिद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा सव-स्टेसन पाटन, ललितपुरमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडीले नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग रु. १,४०,०००।–घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सोम प्रसाद पहाडीलाई सेवाग्राहीबाट रु. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
पुरा पढौ
सगरमाथा सिमेन्ट गुणस्तरहिन भएन कारबाही ।
त्रिबेणी ग्रुप र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको सिमेन्ट गुणस्तहिन भएको भन्दै ४ वर्ष अघिनै कारबाहीकालागि सरकारी निकायबाट पत्र पठाएको भएपनि हालसम्म सो उद्योगमाथी कुनै कारबाही हुन सकेको छैन । घोराहीको गोग्ली स्थित घोराही सिमेन्ट उद्योगको ओपिसि सिमेन्ट उत्पादन गुणस्तरहिन भएको भन्दै २०७५ जेठ ३१ घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित ‘सगरमाथा’ ब्राण्डको ओपिसि सिमेन्ट गुणस्तरहिन भएको गुणस्तर तथा नाप तौल विभागले पुष्टी गरेको थियो । सोही गुणस्तर परीक्षणपछि प्राप्त परीक्षण प्रतिवेदनका अनुसार बर्दिया जिल्ला प्रशासनले…
पुरा पढौ
जनताको स्वास्थ्यप्रति सरकार प्रतिवद्ध छ-मन्त्री अधिकारी
इन्दिरा वस्नेत गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्य सम्वन्धि नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(जेष्ठनागरिक वार्ड) स्वास्थ्य सेवाको आज शुभारम्भ गर्दै उहाँले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।कोभिड १९ को तेश्रो लहर ओमीक्रोनको संक्रमणबाट जोगिन उच्च मनोवलका साथ पूणर्रुपमा स्वास्थ्य मापदण्डको पालन गर्नु अपरिहार्य भएको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारले नागरिकलाई…
पुरा पढौ