भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी नारा उपलब्ध गराइदिने सम्बन्धी सूचना
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी नारा उपलब्ध गराइदिने सम्बन्धी सूचना (प्रकाशित मिति 2078/09/13) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी नारा (Slogan) संकलन गरी उत्कृष्ट नाराहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी https://bit.ly/CIAASLOGAN78 मार्फत वा इमेल ठेगाना [email protected] मा मिति 2078 पौष 30 गते बेलुका ४:०० बजे सम्ममा उपलब्ध गराई दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। उत्कृष्ट नारा पठाउने १० (दश) जना व्यक्तिहरुलाई पुरस्कार स्वरुप…
पुरा पढौ
नारा लेखन प्रतियोगिता, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी नारा (Slogan) संकलन गरी उत्कृष्ट नाराहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी यसै फारम मार्फत मिति २०७८ पौष ३० गते बेलुका ४:०० बजे सम्ममा उपलब्ध गराई दिनुहुन अनुरोध छ। उत्कृष्ट नारा पठाउने १० (दश) जना व्यक्तिहरुलाई पुरस्कार स्वरुप प्रति व्यक्ति नगद रु. २००० (दुई हजार रुपैयाँ मात्र) बैंक खातामा उपलब्ध गराईनेछ। पुरस्कृत नाराहरु आयोगले विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरुमा…
पुरा पढौ
मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायतलाइ भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर।
मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मुकुन्द पौडेललाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत तथा भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ५,००,०००।– घुस/रिसवत माग गरी…
पुरा पढौ
कटुवा पेस्तोल सहित पक्राउ
सुनसरी, दुहबी नगरपालिका-३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट १ थान कटुवा पेस्तोल सहित ईटहरी उपमहानगरपालिका-१२ खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
पुरा पढौ
धनमाल चोरीमा संलग्न ६ जना पक्राउ
रातको समयमा ट्याक्सी प्रयोग गरी धनमाल चोरीमा संलग्न रहेको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-८ ठेगाना भएका ३१ वर्षीय रोशन उप्रेती, सर्लाही बरहथवा नगरपालिका-७ घर भएका ३३ वर्षीय राम पुनित महतो, ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो, २६ वर्षीय अशोक कुमार महतो, काठमाडौं गोंगबु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ ठेगाना भएका ३६ वर्षीय राम बाघदास र काठमाडौं टेकु बस्ने भारत मोतिहारी सुगौली थाना छाप्राबास ठेगाना भएका ५३ वर्षीय…
पुरा पढौ
सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर बिषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न
रास्ट्रीय सूचना आयोग ले काठमाडौं को बानेस्वर स्थित अल्फा हाउस मा सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर बिषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न गरेको छ । बिहान ८ बजे शुरु हुने भनिएको कार्यक्रम बिना उदघाटन करिब डेढ घण्टा ढिलो गरि शुरु भएको थियो । कार्यक्रम का प्रमुख अतिथि सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय का माननीय मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की ज्यू चुनाबी क्षेत्र बाट फर्कन समय लागेको कारण दिउसोको १२;३३ मा आइपुग्नुभएको थियो र १२:४४ मा कार्यक्रम उद्घाटन भएको थियो ।…
पुरा पढौ
सूचना संजाल को बैठक सम्पन्न
मिति : २०७८।०९।१० गते साझ ७ बजे देखि बसेको आरटिआई संजालको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । बैठक मा केहि महत्वपूर्ण छलफलहरु भएका छन् । क) प्रदेशगत भेलाको आयोजना गर्ने (यसको लागि कार्ययोजना बनाएर अगाडी बढ्ने) ख) अभियन्ताहरु अन्य विभिन्न संघ संस्था वा नेटवर्कहरुमा रहेको हुँदा विभिन्न नेटवर्क र संस्थाहरुसँगको सहकार्य र समन्वयमा स्थानिय तह, प्रदेश तह र केन्द्रिय तहमा सूचनाको हकको प्रबद्र्धन गर्ने गराउने । ग) रष्ट्यि सूचना आयोगले आयोजना गर्ने कार्यक्रममा अभियन्ताहरुलाई सक्रिय सहभागी गराउने र सूचनाको…
पुरा पढौ
जागौं नेपाल द्वारा १ लाख सहयोग
बिभिन्न सहयोग सहित सूचना समाज बनाउन अगाडी बढेको जागौं नेपाल ले नेपालमा लकडाउन को समयमा रबि लामिछाने ले शुरु गरेको अस्पताललाइ १ लाख ११ हजार १ सय ११ सहयोग गरेको थियो, तेस्तै कर्णाली प्रदेश मा खाद्यान सहयोग, कास्कीका सुकुम्बासी बस्तीमा खाध्यान सहयोग , लम्जुंग र गोर्खा मा स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । पोखरा बृद्दाश्रम र कास्की ट्राफिक लाइ समेत सहयोग गरेको जागौं नेपाल ले हिजो बालबालिकाको क्षेत्रमा काम गरेको आशाको पहिलो किरण नामक संस्थालाई ५० हजार १ र मानब…
पुरा पढौ