शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रियामा लैजाने कार्य सुरु
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक र शिक्षकसेवा आयोगका पदाधिकारीहरुसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा शिक्षामन्त्री पौडेलले आयोग नियमावली संशोधन प्रक्रियामा लैजान निर्देशन दिएका हुन्। आयोगमा पदाधिकारी नियुक्त भएसँगै वार्षिक कार्यतालिका बनाए पनि नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ। त्यसैले नियमावली संशोधन गर्न मन्त्रीले चासो देखाएका हुन्। शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन…
पुरा पढौ
एक वडा एक हेलिप्याड बागलुङ र पर्वतमा नारा पुग्यो, योजना पुगेन
सरकारले बजेटमै उल्लेख गरेको एक वडा एक हेलिप्याड कार्यक्रम बागलुङ र पर्वतमा नारामै सीमित भएको छ । साबिक धौलागिरिका म्याग्दी र मुस्ताङका सबै वडामा हेलिप्याड बने पनि अञ्चल सदरमुकामसमेत रहेको बागलुङ र पर्वतमा यो कार्यक्रम केही वडामै खुम्चिएको हो । यी दुई जिल्लाका सदरमुकामको कुनै वडामा हेलिप्याड छैनन् ।तत्कालीन केपी शर्मा ओलीको सरकारले राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत वडा–वडामा हेलिप्याड निर्माण गर्ने योजना बनाएको थियो । तर, योजनाले सार्थकता नपाउँदा समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेल…
पुरा पढौ
नेप्से परिसूचक ६० अङ्कले बढ्याे
आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ । आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको…
पुरा पढौ
बाढीपहिरोबाट ८८ जनाको ज्यान गयो
मुलुकका विभिन्न भागमा गरी बाढीपहिरोबाट बुधबार साँझसम्म ८८ जनाको ज्यान गएको छ। अत्यधिक वर्षा तथा बाढीका कारण प्रदेश १ मा ५१, सुदूरपश्चिममा २६, कर्णालीमा ८, लुम्बिनीमा २ र वाग्मतीमा एकजनाको मृत्यु भएको छ। २५ जना अझै बेपत्ता छन्। बेपत्तालाई खोज्ने, विस्थापितलाई सुरक्षित ठाउँमा सार्नेजस्ता कार्यमा स्थानीय तह तथा प्रहरी प्रशासन सक्रिय भएका छन्। मोरङस्थित हाम्रा संवाददाता चुमन बस्नेतका अनुसार पूर्वाञ्चलभरि भारी वर्षा, बाढी तथा पहिरोले ५१ जनाको ज्यान लिएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण पाँचथरमा २२…
पुरा पढौ
फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिनआइफोन १३ जित्न सकिने
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालकफोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालनहुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकमट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साह नगर्ने उदेश्यले गतवर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहनगर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ । फोनपे…
पुरा पढौ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको पहल :अर्थमन्त्री बराल
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ—दिपावली, नेपाल सम्वत, छट लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बराल उक्त कुरा बताउनु भएको हो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० बर्ष देखि कोमामा रहेको…
पुरा पढौ
पोखराका पर्यटकीय स्थल खोल्ने बारे छलफल
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा आज पोखरा क्षेत्रका पर्यटकीय स्थल खोल्ने सम्बन्धमा सामूहिक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुलाउनुको विकल्प नभएको बताए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई विस्तारै अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै पोखराका पर्यटकीय गन्तव्य खुल्ला गर्ने सम्बन्धमा छलफल राखिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र युनडिपीको सहकार्यमा नाट्टाका तर्फबाट पोखराका पर्यटकीय…
पुरा पढौ
साफ च्याम्पियनसिपमा नेपाल उपविजेता
काठमाडाैं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियन बनेको छ । फाइनलमा पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको छ । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गरेको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले गोल गर्न भने सकेन। अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि सुनिश्चित गरेको थियो ।…
पुरा पढौ
मोहन वैद्य अस्पताल भर्ना
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छ्न्। उनलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। दम बढेपछि वैद्यलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो। दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ पारिवारिक स्रोतले भन्यो, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ।’ नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ। उनको छाति एक्सरे गर्दा दाग…
पुरा पढौ
जापानबाट फर्केका घर्ती दम्पतीले ताराखोलामा सुरू गरे व्यावसायिक कालिजपालन
कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको भनाइ छ । ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए…
पुरा पढौ