समाचार

पोखरा विमानस्थलमा १७ महिनापछि दोश्रो अन्तर्राष्ट्रिय उडान

विमानस्थल सञ्चालनमा आएको करिब दुई वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोश्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोश्रो अन्तर्राष्ट्रिय उडान गरेको हो । बिहीबार चीनको कुनमिङ विमानस्थलबाट १३४ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा दिउँसो २:४० मा अवतरण भएको थियो । उक्त विमानमा पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक… पुरा पढौ

सूचना आयोगमा आयुक्त सिफारिस, कांग्रेसको भागमा प्रमुख आयुक्त

राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिस भएका छन् । सोमबार आयोगको रिक्त प्रमुख आयुक्तमा सुरेश आचार्य तथा आयुक्तहरुमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको हो । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ । आयोगको प्रमुख आयुक्तमा सिफारिस आचार्य नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन । त्यस्तै विष्ट नेकपा एमाले निकट प्रेस चौतारीका पूर्व अध्यक्ष तथा एमालेको प्रचार तथा प्रसार विभागका… पुरा पढौ

वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्दै

 प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्न लागेको छ । त्यसका लागि एक सूचना जारी गरेको हो । उक्त सूचना अनुसार नगरपालिकाले २७ जना नगर प्रहरी करारमा भर्ना गर्न लागेको हो । सूचना अनुसार एक जना प्रहरी निरीक्षक, १ नगर प्रहरी नायव निरीक्षक, दुई जना (एक महिला, एक पुरुष) नगर प्रहरी सहायक निरीक्षक, तीन जना नगर प्रहरी हवलदार, दुई जना नगर प्रहरी जवान (हेभी सवारी चालक) र १८ जना नगर प्रहरी जवान समेटिने छ । नगर प्रहरी… पुरा पढौ

तिहार विशेषः किन मनाइन्छ तिहार?, कुन दिनको महत्व कस्तो?

हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदैछौं। हिन्दु धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार। यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ। तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो। दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ। तेस्रो दिन गाईतिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोर्बधन पूजा वा हल तिहार भनिन्छ। यसदिन गोर्बधन पर्वत र गोरुको पूजा गरिन्छ। अन्तिम दिन भाइटीका हो। यसपटक हामीले तिहारको महत्व र पाँच दिन के के… पुरा पढौ

बैंकले प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्नुपर्ने

अब बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रदेश र शाखा कार्यालयहरुमा पनि सूचना अधिकारी तोक्नु पर्ने भएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन परिमार्जनमार्फत उक्त व्यवस्था गरेको हो ।   बैंक तथा वित्तीय संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि सूचना अधिकारी तोक्नुपर्नेछ र कानून बमोजिम माग गरिएको सूचनाको अभिलेख राख्न पनि राष्ट्र बैंकले भनेको छ । ‘इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका… पुरा पढौ

सबै स्थानीय तहलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन

राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहलाई अनिवार्य रुपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि १० बुँदा कार्यान्वयन गर्नका लागि आयोगको गत असोज १६ को बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो । जसमा सूचना अधिकारी अनिवार्य रुपमा तोक्न र सूचना अधिकारी तोक्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम २४ को व्यवस्था बमोजिम मात्र गर्ने गराउने व्यवस्था गर्न… पुरा पढौ

सूचना आयुक्तका लागि दरखास्त आह्वान

राष्ट्रिय सूचना आयोगमा १ जना प्रमुख सूचना आयुक्त र २ जना सूचना आयुक्तका लागि दरखास्त आव्हान गरिएको छ । राष्ट्रिय सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेश गर्न आव्हान गरेको हो । सूचना अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका व्यक्तिलाई राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण सहित योग्यताका प्रमाणित प्रतिलिपि सहित पेश गर्न भनिएको छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका… पुरा पढौ

निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।  सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित साहलाई जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. ४ को कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ । पुरा पढौ

गोपनियताको शपथ खाने व्यवस्था हटाउनुपर्छ : प्रमुख सूचना आयुक्त

प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक पद धारण गरेका व्यक्तिले गोपनियताको शपथ लिने व्यवस्था हटाउनुपर्ने बताएका छन्। हाल सार्वजनिक पदधारण गरेका व्यक्तिले गोपनियतासम्बन्धी शपथ लिने व्यवस्था छ तर त्यस्ता व्यक्तिहरूले गोपनियतासम्बन्धी नभई संविधान र कानूनको पालना गर्छौं भन्ने बेहोराको शपथ लिए हुने उनको प्रस्ताव छ।  सोमवार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हकसम्बन्धी कानूनले नै स्पष्ट रुपमा गोप्य राख्नुपर्ने विषय उल्लेख गरेकाले पनि गोपनियतासम्बन्धी शपथको बेहोराको कुनै अर्थ नरहेको… पुरा पढौ

सूचनाको महत्व

पहिले पहिले नागरिकलाई सूचना दिनको लागि तोप पड्काउने, बिगुल फुक्ने, गाउँगाउँमा गएर बाजा बजाउने, नगरा बजाउने जस्ता कार्य हुन्थ्यो । त्यो राजा रजौटाको जामानादेखी चलि आएको थियो । त्यो बेला पनि जनतालाई सुचना दिनु पर्छ भन्ने हेक्का त रैछ । चाहे जुन सुकै व्यवस्था होस सुचना प्रवाह राज्य संचालनमा महत्वपुर्ण नै हुन्छ । तर अहिले परिस्थिती अलि फरक छ, भन्नलाई सार्वभौमसत्ता सम्पन्न जनता भनिन्छ तर व्यवहार त्यस्तो पाईदैन । त्यो बेला भलै जनतालाई त्यति छुट थिएन होला अथवा सुचना प्रवाहको… पुरा पढौ