एक कराेडकाे बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरू सहित ट्रक नियन्त्रण
जिल्ला प्रहरी कार्यालय पर्साले २०८० कात्तिक १५ गते २३:३० बजे राति बिल विजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको फेला पारेकाे हाे । सो विल बिजक शंकास्पद देखिएको हुँदा प्रहरी चेकजाँच गर्दा रू.९९,६९,०९३।…
पुरा पढौ
चौथो अंगमा तारानाथ दाहाल : समाचार बुझ्ने सम्पादक कम भएकाले सूचनाको हक प्रयोग भएन
सूचनाको हकसम्बन्धी अवधारणा नै छापा माध्यममा कति लेख्न पाउने, कति लेख्न नपाउने भन्नेबाट सुरु भयो। राष्ट्रिय सेनाले गरेको खर्च र कामबारे लेख्न हुन्छ कि हुँदैन भन्ने विवाद उत्कर्षमा थियो ती देशमा। धेरै बहसपछि नागरिकले तिरेको करबाट कुनै पनि काम हुन्छ भने त्यो सार्वजनिक हुनुपर्छ भन्ने अवधारणा आयो र समाचारहरु लेखिए। युद्धको रणनीतिक संवेदनशीलताबाहेक अन्य कुरा लेखिए। त्यसपछि भएको फ्रान्सेली क्रान्तिपछिको घोषणापत्रमा पनि नागरिकले तिरेको करको हिसाब माग्ने अधिकार हुन्छ भन्ने उल्लेख गरियो। नेपालमा २०४७ मा बनेको संविधानमा सूचनाको हक त…
पुरा पढौ
देउराली सहकारीका अध्यक्ष चौलागाईं बचतकर्ता ठगेर चढ्थे साढे २ करोडको ‘फर्चुनर’
२० हजार निक्षेपकर्तालाई ठगी गरेको मुद्दामा हिरासतमा रहेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको टोयोटा फर्चुनर गाडी पनि प्रहरीले बरामद गरेको छ। निक्षेपकर्ताबाट ठगी गरेकै पैसाबाट उनले साढे दुई करोडको उक्त गाडी खरिद गरेर चढ्ने गरेका थिए । उनले प्रयोग गर्दै आएको गाडी विगतमा मिटरब्याजको आरोपमा पक्राउ परेका गणेश उप्रेतीसँग साढे दुई करोड रुपैयाँमा खरिद गरेको अनुसन्धानमा खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को थुनामा रहेका चौलागाईंले सहकारीको पैसा हिनामिना गरी जोडेको व्यक्तिगत सम्पत्तिमाथि पनि प्रहरीले रोक्का राखी अनुसन्धान गरिरहेको छ । उनले विभिन्न…
पुरा पढौ
डडेल्धुराका सरकारी कार्यालयमा छड्के अनुगमन, १७३ कर्मचारी अनुपस्थित
दसैँ बिदा सकिएको हप्ता दिन बितिसक्दा सम्म पनि सरकारी कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारीहरू कार्यालयमा नआएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मङ्गलवार छड्के अनुगमन गरेको थियो । प्रशासनले २९ कार्यालयमा छड्के अनुगमन गर्दा २९ कार्यालयका एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको बताएको छ । ती मध्ये डडेल्धुरा अस्पतालका मात्रै ९२ जना रहेका छन् । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार अनुगमनका क्रममा नौ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेको पाइएको छ । अनुपस्थित…
पुरा पढौ
कानुन बनाएर कोदोको रक्सी ब्राण्डिङ गर्ने छथर गाउँपालिकाको तयारी
तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ। घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्डअनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए। गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको समेत उनले बताए। मौलिक संस्कृति तथा परम्परागत र शिपसँग जोडिएका…
पुरा पढौ
पिओएस मेशिन दुरुपयोग गरेर ठमेलमा व्यापार गर्नेले ठगे १ करोड ५८ लाख
काठमाडौंको ठमेलमा थान्का र मुर्तीलगायतको कारोबार गर्छन्, किसनराज सिंह । नयाँ बजारका रैथाने सिंह अहिले बैंकिङ कसुर मुद्दामा थुनामा छन् । पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन मार्फत बैंकको रकम अपचलन गरेको मुद्दामा उनी थुनामा परेका हुन् । नेपाल एसबिआई बैंकबाट अनधिकृत रुपमा पिओएस मेशिनमार्फत रकम अपचलन गरेको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको हो । उच्च अदालत पाटनले तोकेको धरौटी तिर्न नसकेपछि किसन राजलाई थुनामा पठाइएको सिआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । किसन राज…
पुरा पढौ
सूचनाको हकलाई स्कूल तहदेखि नै प्राथमिकतामा राखौं
सूचना वर्तमान समयको सबैभन्दा महत्वपूर्ण हतियार मानिन्छ । सूचना पाउनु हरेक नागरिकको हक हो । नेपालको संविधानमा यसलाई स्पष्टसँग नै तोकिएको छ । जो सँग धेरै सूचना छ, वर्तमान समयमा उही व्यक्ति हिरो हो भन्ने गरिन्छ । विज्ञान प्रविधिको यो जमानमा मानिसहरू हरेक कुना कन्दरामा भएका घट्ना, विषवस्तु र गतिविधिबारे अपडेट भइराखेका हुन्छन् । आम मानिसलाई आफ्नो भन्दा पनि दुनियाँको खबर बुझ्न हत्तार भइराखेको हुन्छ । त्यसकारण वर्तमान समस्यमा सूचना सबैभन्दा महत्वपूर्ण शक्ति हो । जो सूचना लिएर काम गरेको छ…
पुरा पढौ
अख्तियारको निष्कर्ष- दैनिक सेवा दिने सरकारी निकाय सबै भ्रष्टाचारको चंगुलमा पर्यो
भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका २४ वटा निकायलाई नीतिगतसहित विभिन्न सुझाव दिएको छ । आयोगले नीति तथा कानूनी र विषयगत गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै सबै प्रदेश सरकार र स्थानीय तहलाई वार्षिक प्रतिवेदनमार्फत सुझाव दिएको हो । सार्वजनिक स्रोत परिचालन र विकास परियोजना कार्यान्वयन हुने क्षेत्रका साथै जनतालाई दैनिक सेवा प्रवाह गर्न जिम्मेवार क्षेत्र भ्रष्टाचारको चंगुलमा परेको आयोगको निष्कर्ष छ । आयोगका अनुसार विशेषगरी राजस्व संकलन, सार्वजनिक खरिद, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगारी, अध्यागमन, यातायात…
पुरा पढौ
मानव बेचबिखनको आरोपमा त्रिभुवन विमानस्थलका प्रहरी नै पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार नै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ गरेको पनि उनको भनाइ छ । प्रहरीको अनुसन्धानमा मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा…
पुरा पढौ
बारामा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार
बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनको बोर्डिङ नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले…
पुरा पढौ