सूचनाको हक कार्यान्वयनमा लागे बिद्यार्थी नेता किशोर भण्डारी
सूचनाको हक कार्यान्वयनमा लामो समय देखि शुरुवातबाट तारानाथ दाहाल निरन्तर लागिपर्नुभएको छ l लडीरहनुभएको छ l तारानाथ दाहाल,टंक जी, काशीराज दाहाल हरुको सोच बाट स्थापित सूचनाको हकलाइ माओबादी आन्दोलन र दोश्रो जनान्दोलनले स्थापित गर्यो २०६३ को अन्तरिम संबिधानमा समेटिएर २०६४ मा ऐन बनेको यो हकले २०७२ को संबिधानमा समेत स्थान पायो र अहिले यो सूचनाको हक संबैधानिक हक हो तर ऐन बनेको १७ वर्ष सम्म पनि यो हक खासै कार्यान्वयनमा आउन सकेको छैन तारानाथ दाहाल, टंक जी, शारदा भुषाल झा…
पुरा पढौ
सुचनाको हकका लागि जिल्ला सञ्जाल ले वडा वडामा सूचनाको हक सबन्धि तालिम गर्दै
सुचनाको हकका लागि जिल्ला सञ्जाल पोखरा महानगर सञ्जाल तथा पोखरा महानगर वडा नम्बर १९ वडा कार्यालयको समन्वयनमा सुचनाको हकका लागि सचेतना तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सुचनाको हकले आम नागरिकमा सचेत गराउने मात्रै हैन यसले भ्रष्टाचार हुन बाट पनि जोगाउने वताउदै, सुचनाको हक के हो यो हक प्रयोग गरेर कसरी शुशासन कायम गर्न सकिन्छ भन्ने कुराको बाटो खोल्न सकिने साथै आम नागरिक लाई मात्रै हैन सरकारि कार्यालयमा हुने कार्य…
पुरा पढौ
स्थानीय तहमा उपभोक्ता समितिका नाममा राज्यकोषको दुरुपयोग, मौलाउँदै भ्रष्टाचार
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ का वडाध्यक्ष तिलकराम कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनले जिल्लाको शंखरपुर ताल ठेक्काको रकम गाउँपालिकालाई नबुझाई आफ्नै खातामा राखेर ६ लाख १० हजार हिनामिना गरेको आरोप छ ।साविक पत्थरदेइया गाउँ विकास समिति (गाविस) को कार्यालयबाट शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेइया गाविसका तत्कालीन सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मदबिच सम्झौता भएको थियो । सम्झौता बमोजिम दुई लाख ७० हजार रुपैयाँ चौधरी र महम्मदले गाउँपालिकाको खातामा जम्मा नगरेको…
पुरा पढौ
६० घर टहरा हटाउन दिएको म्याद सकियो अब के हुन्छ ?
पूर्व–पश्चिम राजमार्गको दुधौरा खोला छेउको पथलैया सामुदायिक वन क्षेत्रभित्र बसोबास गरेको अवैध बस्ती खाली गर्न वन कार्यालयले दिएको निर्देशन स्थानीयहरुले अटेर गरेका छन् । डिभिजन वन कार्यालय बाराले सार्वजनिक सूचना टाँस गरेर कानुन विपरीत वन क्षेत्र अतिक्रमण गरी छाप्रो तथा टहरा बनाई बसेको तथा पसल सञ्चालन गरेको देखिन आएकाले १५ दिनभित्र हटाउन साउन ३१ निर्देशन दिएको हो । डिभिजन वन कार्यालयको दिएको सूचनाको म्याद भदौ १४ गते बिहीबार सकिएको छ । सहायक डिभिजन वन अधिकृत ललन कुर्मीले दुधौरा पुल छेउमा…
पुरा पढौ
कैलालीमा बन्दुक, गाेली र बारूदसहित चार जना पक्राउ
कैलालीमा बन्दुक, गाेली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । गएराति लम्कीचुहा नगरपालिका-१ काे भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएकाे टाेलीले हतियारसहित चार जनालाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्ताेश बस्यालले स्थानीय अर्जुन बिक, रामचन्द्र चौधरी,नरेश डगौरा र सचिन चौधरीलाई पक्राउ गरिएकाे जानकारी दिए । उनकाअनुसार उनीहरूकाे साथबाट एउटा प्वाइन्ट २२ हर्नेट (बन्दुक), एक थान म्यागजिन, १५ राउण्ड गोली र ५ ग्राम बारुद बरामद भएको छ । पक्राउ परेका चारै जनाबारे थप अनुसन्धान भइरहेको…
पुरा पढौ
बेकसुरलाई १७ वर्ष कारागारको बास !
केही समयदेखि नेपालका प्रायः नेताले अपराधी नछुटोस् तर निर्दोषलाई सजायँँ नहोस् भन्ने गरेको सुनिन्छ । यो कानुनको सर्वमान्य सिद्धान्त नै हो । धर्मग्रन्थमा समेत निर्दोषलाई सजायँ दिन नहुने उल्लेख गरिएको पाइन्छ । रोमन कानुनको यही आशय थियो । यही जुलाई २६ मा लण्डनस्थित रोयल कोर्ट अफ जष्टिसले बलात्कारको आरोपमा १७ वर्षसम्म काराबास सजायँ भोगेका ५७ बर्षीय एन्ड्रयू माल्किन्सनलाई निर्दोष सावित गरेको छ । उनलाई सन् २००३ जुलाई १९ गते ग्रेटर म्यानचेस्टर साल्फोर्ड मोटरवेको छेउमा घाइते अवस्थामा छोडिएकी ३३ वर्षीया महिलालाई…
पुरा पढौ
दुइ स्थानमा पढाउने शिक्षक अख्तियारको फन्दामा
जिल्ला कास्की, पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी नन्टिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले "अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट Non-teaching allowance समेत लिएको" उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा…
पुरा पढौ
जनप्रतिनिधि घूस सहित पक्राउ
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया घूससहित समातिएका छन् । नौ हजार रुपैयाँ घूस बुझेका उनलाई अख्तियारको टोलीले आज पक्रेको हो । अनुदानको रकम भुक्तानी सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले कडवियालाई नियन्त्रणमा लिएको बताइएको छ । अनुसन्धानका क्रममा पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्न वडा कार्यालयबाट सिफारिस गरिदिने आश्वासनका साथ सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम…
पुरा पढौ
विद्यार्थी अभावले चल्न नसक्ने अवस्थामा पुगेका क्याम्पस : ‘मर्ज’मा लैजाने प्रयासमा त्रिवि
त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालयले गएको असार २३ गते एउटा सूचना जारी गर्यो। त्यसमा विश्वविद्यालयसँग सम्बन्धन लिएर स्नातक तह सञ्चालन गर्दै आएका क्याम्पसहरूले चाहेमा उनीहरू एकआपसमा गाभिन पाउने बाटो खुला गरिएको जानकारी थियो। विश्वविद्यालय अनुदान आयोगले २०७९ चैतमा आयोजना गरेको विश्वविद्यालयका पदाधिकारीहरूको छलफलमा क्याम्पसहरू गाभिन सक्ने गरी सैद्धान्तिक सहमति जुटेको थियो। त्यही सहमतिपछि त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरेर क्याम्पसहरूलाई आपसमा गाभिन पाउने सूचना दिएको हो। सूचनामा उल्लेख भएअनुसार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले एकआपसमा गाभिई समायोजन हुन…
पुरा पढौ
बजार अनुगमन तीव्र बनाउन स्थानीय तहलाई मन्त्रालयको परिपत्र
सरकारले बजार अनुगमनलाई तीव्र बनाउन लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सबै स्थानीय तहलाई बजार अनुगमन तीव्र बनाउन परिपत्र गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संघीय मामिलालाई बजार अनुगमनका लागि स्थानीय तहलाई जानकारी दिन परिपत्र गरेपछि संघीयले स्थानीय तहलाई परित्रप गरेको हो । बस्तुको प्रत्यक्ष बिक्री ऐन, २०७४ र त्यसको नियमावली २०७६ बमोजिम २०८० असार मसान्तभित्र इजाजत लिई सञ्चालनमा रहेका १७ वटा विभिन्न कम्पनीहरुले व्यवसाय गरिरहेका छन्…
पुरा पढौ