नागरिक चेतना बढ्दैछ मिलेमतोमा कागजमा मात्र काम गर्नेहरुका बिरुद्ध नागरिकले सूचना संकलन गर्दै छन्
जिल्ला डोल्पा, ठुलीभेरी नगरपालिकाका पदाधिकारीहरुले आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम नगरपालिकाको विभिन्न योजनाहरु सम्झौता गरी कुनै पनि काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा ठुलीभेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव-इन्जिनियर विकास खत्रीले ठुलीभेरी नगरपालिका वडा नं. ५, ६ र ७ स्थित जुफाल-माझफाल मोटरबाटो निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको अन्तिम विल र कार्य सम्पन्न प्रतिवेदन र नापी किताव प्रमाणितसमेत गरी सोही प्रतिबेदनको…
पुरा पढौ
किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । कानुनी कारबाहीका लागि ब्यूरोले चिनियाँ नागरिक याङली मिङलाई ललितपुर प्रहरीमा बुझाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले उनीमाथि आवश्यक कानुनी काराबाही प्रक्रिया सुरु भएको जानकारी दिए । प्रहरीले ती किशोरीको उद्धार गरेको जनाएको छ ।
पुरा पढौ
निगमको चार ट्यांकर डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु
भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्याङ्करमा डिजेलमा मिसावट भेटिएपछि छानविन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानविन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ । निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशङ्का गरिएको छ । ‘केन्द्रबाट आउनुभएको छानविन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको…
पुरा पढौ
अब सबै सरकारी निकायका वेभसाइट एउटै ढाँचामा
नेपाल सरकारका बिभिन्न निकायले निर्माण गर्ने वेभपेजहरु एउटा स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । राष्टिय सूचना तथा प्रविधि मन्त्रालयले तयार गरेको टेम्प्लेटलाई पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायहरुले आफू अनुकुल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएपछि निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । हाल सरकारी निकायहरुले कार्यालयपिच्छै नीजि क्षेत्रको परामर्श सेवामार्फत वेभसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी…
पुरा पढौ
गण्डकी प्रदेशका हाकिमहरुलाई अख्तियारले मुद्धा चलायो
जिल्ला गोरखा, गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदी माथि तत्काल बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तन, पुल डिजाईन गराउन स्वीकृत गर्नुका साथै सो दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन निजले निर्णय गरी मन्त्रालयस्तरबाट उक्त पुलको छनौट गराई…
पुरा पढौ
आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या
नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले बताए । विकास समिति समेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उनले जानकारी दिए । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको सङ्ख्या आठ छ । एकाउन्न जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ । चिकित्सालयको सङ्गठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको…
पुरा पढौ
अघिल्लो वर्षको भुक्तानी दिँदा पनि कर्णालीको बजेट खर्च १६ प्रतिशत
दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ । सात महिनामा आर्थिक वर्ष २०७९÷८० को साउनदेखि माघसम्ममा चालु र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात महिनामा पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार २९१ रुपियाँ खर्च भएको छ । अघिल्लो वर्षको भुक्तानी दिन बाँकी रकम यो वर्षमा भुक्तानी गरेपछि मात्र विकास बजेट खर्च भएको भोलुम बढेको देखिन्छ ।…
पुरा पढौ
सवा करोडको खाजा खाएको पोखरा महानगरले ३ करोड ५१ लाख ३४ हजार सरकारलाई तिर्नु पर्ने रकम तिरेन
अर्थले नै असुल गर्न सकेन पुरानो साँवा ब्याज : एक खर्ब २३ अर्ब २८ करोड ९४ लाख उठाउन सरकार उदासिन अर्थ मन्त्रालयले साँवा ब्याज असुली अनुगमन, निर्देशन र अभिलेखाङ्कन प्रभावकारी ढंगले संचालन गर्न नसक्दा सरकारले लगानी रकमको साँवा ब्याज उठाउन सकेको छैन् । समयमा साँवा ब्याज असुल गर्न नसकेकोका कारण बक्यौता रकममा वृद्धि भएको छ । असुलीको प्रतिशतमा न्यून भएपछि बक्यौता रकम बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहको भाका नागेको…
पुरा पढौ
लघुवित्तको गैरकानुनी हर्कत, महिलामाथी अमानविय व्यवहार र कुटपीट
रोशन कार्की केही व्यक्ती र नेपाल राष्ट्र बैंकका कर्मचारीको साँठगाँठमा गरिव जनतालाई धनी बनाउने लोभ देखाउदै गाँउगाँउमा सञ्चाललनमा रहेका लघुवित्त कम्पनी गैरकानुनी तवरबाट सञ्चालनमा आउदाँ समेत नियमनकारी निकाय भने मौन बसेको छ । सुरुमा गरिवले गाँजेको परिवार गाँउको पत्ता लगाएर घरघरमै गई ऋण लिन गुलीया बचन प्रयोग गरी फसाँदै आएको लघुवित्त कम्पनीले ऋण दिएको २८ दिनदेखिनै महिलादेखि बालबालीकामाथी समेत अमानविय व्यवहार गरेर ऋण चुक्ता गर्न लघुवित्तका कर्मचारी घरघरमा जाने गरेको गुनासो पीडित महिलाहरुले गरेका छन् । लघुवित्तका कर्मचारीहरु रातको ९–१०…
पुरा पढौ