हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते
झापामा रहेको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्। सोमबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। उनकाअनुसार ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्। स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रम थियो। त्यसका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्यास सिलिण्डर ल्याइएको थियो। बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएको प्रहरी निरीक्षक गिरीले बताए। सिलिण्डर पड्किएर…
पुरा पढौ
वैदेशिक रोजगार विभाग ताहाचलको सुचनामा कमिशनको गन्ध
बैदेशिक रोजगार बिभागले निकालेको पछिल्लो सूचनामा कमिशनको गन्ध आएको छ l कुनै एक व्यक्ति वा फर्मलाई लक्षित गरि उ बाहेक अरुले मापदण्ड पुर्याउन नसक्ने गरि सूचना प्रकाशन गर्नु र त्यो कार्य बापत् लाखौ करोडौ घुस लिनु सामान्य मानिसले समेत बुझ्ने गरि देश चलायमान रहेको छ l हिजो राजालाई घोडा चाहिदा पुच्छरको लम्बाई रंग घोडाको कान सबै कुरा जुन घोडा धनि संग कमिशन मा कुरा मिल्छ त्यहि घोडा धनिको घोडा बाहेक अरु नहुने गरि मापदण्ड सहित सूचना निकाल्न्थियो रे आज बैदेशिक…
पुरा पढौ
महोत्सवमय बन्यो गण्डकी प्रदेश
‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित फेवा किनारमा आजदेखि सडक महोत्सव सुरु हुँदैछ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा…
पुरा पढौ
आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन निर्देशन
पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन सरकारलाई संसदीय समितिले निर्देश गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव, पशुपति क्षेव बिकास कोषका सदस्य सचिव र कोषाध्यक्षसँग छलफल गरेपछि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देश गरेको हो । ‘पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह गृहको संख्यामा बढोत्तरी गर्न आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने’ बिहबार बसेको समिति बैठकको निर्णय छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रको उपयुक्त समयमा…
पुरा पढौ
विद्युत बक्यौताबारे कुलमान : सबै अधिकार मेरो हातमा छैन
नेपाल विद्युत प्राधिकरणले विभिन्न ६१ वटा उद्योगको बक्यौता विवरण सार्वजनिक गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार कार्यक्रम आयोजना गरी उक्त विवरण सार्वजनिक गरेका हुन्। घिसिङले विगतको बक्यौतालाई तीन समय खण्डमा विभाजन गरेका छन्। २०७२ साउनदेखि पुससम्मको ९७ करोड। त्यतिबेला विद्युत प्राधिकरणले डेडिकेटेडको महसुल तोकेपनि महसुल निर्धारण आयोग, हालको नियमन आयोगबाट स्वीकृत भएको थिएन। यस सम्बन्धमा सर्वोत्तम सिमेन्टले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यो अवधिको अतिरिक्त शुल्क नलिन आदेश गरेको थियो। २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्म…
पुरा पढौ
रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?
रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरिको हो । सर्वाजनिक गरिएका तिन नयाँ मिटिओर फयरवल, मिटिओर स्टेलर र मिटिओर सुुपरनोभा सार्वजनिक गरिएका हुन् । मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड रहेको छ । इन्जिनले अधिकतम ६ हजार १००…
पुरा पढौ
टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ । लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ । साथै प्रणाली खरिदमा हालसम्म भएका कामको सूक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । हरेक…
पुरा पढौ
झलनाथको प्रस्ताव : कम्युनिष्टलाई धुलोपिठो बनाउने योजना हुँदैछ, वाम एकताको पहल गरौं
नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकताको पहल नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका छन् । आजबाट सुरु भएको सातौं केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पश्चिमा शक्तिले नेपालका कम्युनिष्टहरुलाई सिध्याउने योजना बुनिरहेको बताए । ‘साम्राज्यवादी शक्ति नेपालको कम्युनिष्ट सिध्याउन लागेका छन् । वामपन्थीहरुलाई मिल्न नदिने र आउने चुनावमै ढिलोपिठो बनाउने योजना हुँदैछ’ खनालले भनेका छन् । पश्चिमा शक्ति कम्युनिष्ट सिध्याउन लागेकाले एकीकृत समाजवादीले वाम एकताको पहल गर्नुपर्ने प्रस्ताव खनालले बैठकमा राखेका छन् । ‘नयाँ खालको पहलकदमी चाहिएको…
पुरा पढौ
गठबन्धन झनै बलियो भएको छ, पाँचै वर्ष जान्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताएका छन् । गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि बताए । ‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ’ उनले भने, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।’ गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो ।…
पुरा पढौ