एउटा लघुवित्तलाई तिर्न अर्कोबाट ऋण, एउटै व्यक्ति १२ संस्थाको ऋणी
जीविकोपार्जन सहज बनाउने उद्देश्यले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका महिलाहरु कसरी एक पछि अर्को लघुवित्तको ऋणी बन्दै गए र अहिले धान्नै नसक्ने ऋणको दलदलमा फसे ? बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ र ६ का महिलाहरुलाई भेटेपछि अनलाइन खबरका बिजय पराजुलीले तयार पारेको रिपोर्ट । १० वर्षअघि छिमेक लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकी जितपुर सिमरा उपमहानगर– ६ नगौलकी जानकी देवी अहिले १२ वटा लघुवित्तको ऋणी बनेकी छन् । किराना पसल चलाउन ऋण लिएकी उनी पसलको आम्दानीबाट ऋणमुक्त हुनुपर्नेमा झन् बढ्दै जाँदा अहिले…
पुरा पढौ
शिवरात्रीको सच्चा उपवास
ब्रह्माकुमारी बिन्नी, नयाँबजार, पोखरा शिवरात्रीको आगमनसँगै एक नयाँ उत्साह र खुशीका साथै भगवान शिवप्रतिको दिलको प्रेम शिवका भक्तजनहरुमा उजागर भएर अवश्य आउँछ । आसुतोष शिवलाई प्रसन्न गर्नका लागि त्यस शुभ दिनमा व्रत बस्ने, शिवको मन्दिरमा गएर दुध, फुल चढाउने र रातमा जागरण बस्ने अठोट पनि कैयौंको मनमा आएको हुन्छ । इन्टरनेट, सामाजिक सञ्जाल र संचारको व्यापकतामा अभुतपूर्वक वृद्धि सँगसँगै अहिलेको नयाँ युगमा मानवसभ्यता र नैतिकता धरासलमा परिरहेको छ । चाडपर्वहरु मनाउने तरिका, लगन, शोक र आस्थामा आएको भिन्नता किन सर्वमान्य…
पुरा पढौ
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिता रावल बिरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा ।
श्री लोकप्रिय माध्यमिक विद्यालय, गम्था, मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले वाचनालयसहितको पुस्तकालय निर्माणको लागि विद्यालय कोषको रकम लिई उक्त वाचनालयसहितको पुस्तकालय निर्माण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लोकप्रिय माध्यमिक विद्यालय गम्था मुगुका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता रावलले विद्यालयबाट वाचनालयसहितको पुस्तकालय निर्माणको लागि रु.२,१५,०००।- बुझी लिई कुनै आधिकारिक दर्ता नै नभएको कर्णाली जनजागृति समाज नेपाल नामको गैरसरकारी संस्थासँग अनलाईन सम्झौता गरेको भनी उक्त संस्थाका अध्यक्षसँग चिनजान नै नभएकोमा सम्झौताबापतको पैसा सदानन्द भट्टराईको नाममा पठाई…
पुरा पढौ
गण्डकी स्पोट्स क्लबमा उमेश
पोखरा, २५ माघगण्डकी स्पोट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिलदेव शर्मा, सहसचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सहकोषाध्यक्षमा सुमन ताम्राकार छन् ।सदस्यमा जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा(इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् । ०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति कप…
पुरा पढौ
उपभोक्ता समिति अध्यक्ष लाइ भ्रटाचार मुद्धा
जिल्ला सल्यान, कालीमाटी गाउँपालिका वडा नं. ३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सवडिभिजन वन कार्यालय, कालीमाटी -३, सल्यानमा कार्यरत फरेष्टरसमेतले तुल्सीपुर-पुरन्धारा-बोटेचौर सडक-खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी -३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालिमाटी सव-डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज वुढाथोकीले जिल्ला सल्यान, कालिमाटी गाउँपालिका वडा नं.-3 स्थित महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटी, सल्यानको वन क्षेत्रबाट तुल्सीपुर-पुरन्धारा-वोटेचौर…
पुरा पढौ
ऋण तिर्न नसकेर आत्महत्या गर्ने व्यवसायी संसारभर छन्
पछिल्लो समय नेपालमा बैंकको ऋण तिर्न नसकेको भन्दै केही व्यवसायीहरूले आत्महत्या गरेका छन् । विभिन्न आर्थिक सामाजिक कारणले गर्दा आत्मदाह गरेका पनि थुप्रै उदाहरणहरू अहिले बाहिर आएका छन् । पछिल्लो साँढे ५ महिनामा कालो सूचिमा पर्ने ऋणी तीन गुणाले बढेका छन् । चालु आर्थिक वर्षको साढे ५ महिनामै १३ हजार २ सय २६ जना ऋणी बैंकको कालो सूचिमा परेका छन् । आखिर यो किन भइरहेको छ यसको कारण के हो ? अनि समाधानको उपाय के हो त ? यसै विषयमा…
पुरा पढौ
देवघाटका जनप्रतिनिधिले खान्छन् तेहरो सुविधा
जनप्रतिनिधिहरु कर्मचारी भन्दा खर्चिला, मड्किला र सुविधा भोगी हुने गरेको खुल्दै गएका छन् । सूचनाको हक प्रयोग गरी पाएको सूचना विवरणले त्यस्तो पुष्टि गरेको छ । सेतो हात्ती जस्तो गरी जनताले तिरेको कर राजस्वबाट जनप्रतिनिधिलाई पाल्नु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरिएका छन् । अघिल्लो अंकमा गण्डकी प्रदेशको कावासोती नगरपालिकाका जनप्रतिनिधिले मात्र वार्षिक सुविधा भत्ता वापत दुई करोड रुपैयाँ खर्च गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेका थियौ यस पटक देवघाट गाउँपालिकाको एक रिपोर्ट तनहुँको पश्चिम दक्षिण दिशामा रहेको छ देवघाट गाउँ…
पुरा पढौ
पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको खोलाको पुलको काम रोकिएको छ ।
सोमबार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अनुगमनका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको देखेपछि उक्त योजना कार्यान्वयन गरिरहेको सघन सहरी विकास आयोजना कार्यालयलाई खबर गरेका थिए । त्यसपछि आयोजना कार्यालयले पुल निर्माणको काम रोक्न निर्देशन दिएको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको जानकारी आएपछि काम रोकेको जानकारी दिए । ‘मेयर साबले फोन गरेपछि कार्यालयबाट हाम्रा इन्जिनियरहरु पनि साइटमा पुगे । त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि ठेकेदार कम्पनीलाई काम रोक्न भनेका छौं’ उनले भने ।…
पुरा पढौ
ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ
प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको ट्रायल सेन्टरबाट २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्ने बस्ने २० वर्षीय सर्दुन अन्सारी रहेका छन् । उनले पर्सा सखुवा प्रसौनी गाउँपालिका ३ बस्ने ३६ वर्षीय निजामोद्दीन अन्सारीको ठाउँमा लाइसेन्सको ट्रायल परीक्षा दिएका थिए । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरा पढौ
रोमानिया, स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ
प्रहरीले रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थायी घर भई हाल टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठानको गौमुखी गाउँपालिका-७ स्थायी घर भई हाल तारकेश्वर-११ बस्ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले तारेकेश्वर ११ शेषमतीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको…
पुरा पढौ