समाचार

प्रमुख प्रशासकीय अधिकृतले भ्रस्टाचार गरेको आशंका सहित माओबादीले गर्यो सूचना माग

हरेक स्थानीय तहको कर्मचारीले कमाउने भनेको कागज मिलाएर भत्ता लिनु एक हो जुन भ्रस्टाचार मलेपले थाहा नै पाउदैन त्यस्तै गाडीको तेलको बिल मिलाएर रकम लिएको कुरा पनि बाहिर कोहिकसैलाई थाहा हुदैन गहिरियर सूचना माग गर्ने र गहिरियर खोजि गर्ने हरु बाहेक अरुले यस्तो भ्रस्टाचारको प्रमाण पत्ता लगाउन सक्दैनन् l अर्को बिशेस गरि इन्जिनियर, कार्यकारी र लेखाले कमाउने भनेको टेन्डर नोटिस बाट हो अधिकांशले एजेन्सीबाट अतिरिक्त रकम लिएका हुन्छन जसको कुनै प्रमाण हुदैन l अब साइट को काम पास गए बापत… पुरा पढौ

ऋण दिदा कमिशन लिने अधिकारी अख्तियारको फन्दामा

ग्रामीण विकास बैंक, टाँडी चितवनका कर्मचारीले किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको, पशु कर्जा/धितो कर्जा दिंदा कमिशन खाएको, धितो राखिएको जग्गा रोक्का नगर्ने धितो फुकुवा भएको पनि बाँकी देखिने जस्ता भ्रष्टाचारजन्य क्रियाकलाप गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय,टाँडी, चितवन)का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(साविक मध्यमाञ्चल ग्रामीण… पुरा पढौ

नक्कली प्रमाणपत्र पेश गर्ने महिला कानुनि कठघरामा

जिल्ला पर्सा, धोबिनी गाउँपालिका अन्तर्गत पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुरमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता पुनम देवी कुर्मीले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरिरहेकोले निजको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मीले ठाकुर महेश्वर प्र. सिंह संस्कृत प्रा. सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी मिति २०६६।०३।१२ मा… पुरा पढौ

खाडी पुग्न अवैध बाटो

सल्यानकी २५ वर्षीया प्रतिभा विक दैनिक ज्याला मजदुरी गर्थिन् । कोभिडकालमा ज्याला मजदुरी खोसिएपछि विदेशिने सोच बनाइन् । आफन्त नाता पर्ने दिदीले अर्जुन परियारसँग उनको भेट गराइदिइन् । अर्जुनले घरेलु कामदारमा महिनामा ५० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाए । ‘घरभित्र काम गर्ने हो, दुःख हुन्न, भनेर लोभ देखाएपछि म राजी भएँ,’ उनले भनिन् । वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिनुपर्ने भए पनि अर्जुनले श्रम स्वीकृतिविनै नेपालगञ्जको जमुना नाका हुँदै उनलाई भारत पुर्‍याए । भारतको नयाँदिल्लीमा १० दिन राखे ।… पुरा पढौ

पोखरा ४ बाट घुस सहित समातिय घुस्याहा

पोखरा महानगरमा घुस सामान्य चिया जस्तै भइसकेको छ बिगत लामो समय देखि नागरिकले तिरेको पैसा रसिद दिएको बाट समेत करोड करोड घुस खाने कर्मचारी हरु कोहि बढुवा भए त कसैको ग्रेड वृद्धि भयो साबिक लेखनाथमा लाखौ रुपैया घुस लिएका कर्मचारीलाई पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षले सबै जानेका सचिब भनेर आफ्नो वडामा सचिब बनाए l आज तिनै वडामा घुस सहित पक्राउ परेका छन् l पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी… पुरा पढौ

 सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीमा खान

सूचनाको हक प्रचलनमा तारानाथ दाहालको बिशेष योगदान रहेको अबस्थामा २०७४ सालमा सूचना आयोगले गरेको भेला बाट उमिद बागचन्दको अध्यक्षतामा शुरु भएको सूचना अभियन्ताहरुको संजाल लामो समय लुज फोरमको रुपमा संचालित रहेको मा केहि बर्ष अगाडी उमिद बागचन्द अध्यक्ष, दीपक आचार्य उपाध्यक्ष, अजय शाह महासचिब र दुर्गा आचार्य कोषाध्यक्ष मा रही महासंघ गठन भएको थियो हालै महासंघको केन्द्रीय अध्यक्षमा उमिद बागचन्द निर्वाचित भएपछी प्रदेश र जिलाको अधिबेशन तिब्र रुपले अगाडी बढेको छ l सुदुरपस्चिममा प्रदेश अधिबेशन सम्पन्न भएको केहि समयमा कोशी… पुरा पढौ

सूचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखराका अन्जु आचार्य र रबि भण्डारी लगायतका अभियन्ता हरुले तिन महिने स्वत विवरण सार्बजनिक नभएको, जिल्लामा कार्यालयले सूचना अधिकारिको ब्यबस्था नगरेको र यसमा हुलाक र अधिकार प्राप्त जिल्ला प्रशासन कार्यालयले कम चासो दिएको महशुस गर्दै यहि बिषयमा रहेर जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय र स्थानीय तह संग सूचना माग अभियानलाई तिब्र बनाएपछि अहिले जिल्ला जिल्लाका प्रमुख जिल्ला अधिकारि र हुलाक प्रमुख हरु अल्ली सक्रिय भएका छन् शारदा भुषाल झा, अन्जु आचार्य, रबि भण्डारी, दीपक आचार्य, सम्झना पौडेल, इस्वरा तिवारी… पुरा पढौ

सूचनाको हक प्रयोगले १ अर्ब ठगीमा श्रममन्त्री शरदसिंह भण्डारीको संलग्नता रहेको थाहा भयो

सूचनाको हक प्रयोग गरेर उकेराका पत्रकार प्रजु पन्तले १ अर्ब ठगीमा श्रममन्त्री शरदसिंह भण्डारीको संलग्नता रहेको प्रमाण फेला पारेका हुन् उनै पराजु पन्तले उकेरामा प्रमाण सहित लेखेको यो समाचार हेरौ तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको तोकको भरमा वैदेशिक रोजगार विभागले कोरिया जाने नेपालीलाई युनिभर्सल टुर्स एन्ड ट्राभल्स मार्फत महँगोमा टिकट किन्न बाध्य बनाएको खुलेको छ। यो प्रकरणमा वार्षिक एक अर्बको ठगीमा भइरहेको उकेराले सोमबार सार्वजनिक गरेको थियो। सार्वजनिक रूपमा बोलपत्र गरेर आएका प्रस्तावहरूमध्ये सस्तो प्रस्तावकर्तासँग सम्झौता… पुरा पढौ

गुण्डानाइके संजय टक्लाको ढाटका कर्मचारी मेयर थापाले कमाएको सम्पतिमा ५ करोड जति भ्रस्टाचार गरि कमाएको आशंका

बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भरत कुमार थापाले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवा प्रवेश गरेको मिति 2074/06/07 गतेदेखि मिति 207९/10/29 गतेसम्मको अनुसन्धान जाँच अवधिको निजको सम्पूर्ण वैधानिक आयहरूमा निजले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवामा प्रवेश गर्नु भन्दा अगाडि निज तथा निजको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैङ्क मौज्दात रकम, निजले सार्वजनिक… पुरा पढौ

१२ बर्ष अगाडिको भ्रस्टाचार मा कास्कीका प्र. अ. लाइ चल्यो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले तीन लाख ७७ हजार २३६ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान हुँदा २०६८ साउनदेखि २०६९ असार र २०६९ साउनदेखि २०७० असार महिनासम्मको अवधिमा विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको… पुरा पढौ